कार्डबोर्ड कारावास | Cardboard Incarceration

By and | 1 October 2016

Translated from the English to the Nepali by Prakash Subedi

अभिलेख भनिने यो कार्डबोर्डको जेल
चिसो, हावाविहीन, र मृत्युजस्तै निस्तब्ध छ ।
भुइँदेखि छतसम्म चाङ् लगाइएका बाकसभित्र
सुनिन छाडिसके पनि भित्रभित्रै आर्तनाद गरिरहेका
आवाजहरू छन्
अनि छन्
अरूका एक-एक अंश बटुल्न छुटकारा दिने
विज्ञान, इतिहास, मानवशास्त्र वा अरू कुनै त्यस्तै विशिष्ट नाममा
संसारभरका सङ्ग्रहालय र विश्वविद्यालयका छिँडीमा
व्यवस्थाका साथ बन्द गरेर राखिएका
काटिएका शिरहरू र विखंडित विखण्डित शरीरका खुइलिएका हाडहरूजस्तै
देखिन छाडिसकेका, तर
अझै हराइरहेका बन्दी टुक्रा, बिम्ब र स्मृतिका जेलमा गुमनाम अनुहारहरू ।
चाङ् का चाङ् रेकर्डहरूले बताउँछन्
तिमीले कसरी हाम्रा टाउका पश्चिमा गजले एक-एक गरी नाप्यौ
आफ्ना दृश्यरतिक लेन्सले हाम्रो परीक्षण गर्यौ
माइक्रोस्कोपले हाम्रा बच्चाका नङ्हरू नियालेर हेर्यौ
र तिनलाई सार्है पहेँला पायौ
र, हेर्यौ महिलाका योनीभित्र
जहाँ कालो र गोरोको बिचमा देखिने
बुद्धि, उद्यम र बस्ती बसाउनेजस्ता
स्पष्ट अन्तरहरूका बाबजुद
गुलाबको त्यो कोपिला त्यति नै गुलाबी छ जति गुलाब गुलाबी छ ।
हामी कार्डबोर्डका कालकोठरीहरूमा थुनिएका कैदी हौँ
जहाँबाट एकनाससँग काटिएका अनि चिटिक्क पारेर सजाइएका
निर्जीव अक्षरले चित्कार गर्छन् :
यी सेता पन्नामाथि लेखिएको
कालो विषाद पढ ।

This entry was posted in 76: DALIT INDIGENOUS and tagged , . Bookmark the permalink.

Related work:

Comments are closed.